Search This Blog

Sunday, September 25, 2011

निर्णय लिदा हुने तनाव कम गर्ने चार उपायहरु ।

 
                                   निर्णय लिनुको विकल्प के हो त ?


     हामी दैनिक कामहरुको शुरुवात गर्नु भन्दा पहिले कुनै न कुनै निर्णय प्रकृयाबाट गुजरिरहेका हुन् छौ । तर कुनै कुनै निर्णयलिने  
काम  त्यती सजिलो हुँदैन । जस्तै आफनै जिवनलाईनै परिवर्तन गर्ने खाले काम्, आफ्नो वरिपरिको  परिस्थिति परिवर्तन गर्ने खाले काम हुन या घरपरिवार वा आफ्न्तसँग जोडिएका कामहरु बारे निर्णय लिदा सार्है तनाव हुने गर्दछ जुन मानव जातिको स्वाभाविक प्रकृया भनेर बुझ्नुपर्छ । 


         त्यती मात्रै होईन कुनै कुनै बेला त अति समान्य लाग्ने कामहरु गर्ने निर्णय लिदा समेत तनाव उत्पन्न हुन थाल्छ । उदाहरणका लागि तपाईं कुनै साथीको   बिहेको  भोजमा जानु भयो र त्यहाँ  अनेकथरिका भोजनका ब्यन्जनहरु लिने तपाईंको पालो  आयो भने पक्कै पनि तपाईंमा तनाव शुरु हुन्छ, जुन धेरै मानिस हरुमा देख्न सकिन्छ । के यो समान्य कुरा होईन र ? माथिका विभिन्न उदाहरणबाट के निस्कर्समा पुग्न सकिन्छ भने कुनै काम गर्दा लिने निर्णयको बिकल्प नै तनाव हो ।



            यसरि निर्णय प्रकृयाबाट उत्पन्न हुने तनावबाट बच्न के आफ्नो काम को निर्णय अरुलाई गर्न दिने ? यसो गर्नु भनेको त आफ्नो भागय अरुलाई बनाउ  भन्नु होईन र ? के हामी आफ्नो वरिपरिको परिस्थितिलाई दोष दिएर भाग्न सक्छौ ? के यो नै सही तरिका हो त ? यस्ता गम्भिर प्रश्नको एउटाै उत्तर हुन्छ, निश्चय पनि होईन । निर्णय प्रकृया जती कठिन र तनावयुक्त भए पनि वास्तविक निर्णय तपाईंले नै गर्नु बुद्दिमानी हुन्छ किनभने यसबाट तपाईंलाई कर्तव्य र जिम्मेवारिको बोध हुन्छ र अर्को कुरा तपाईं अरुलाई दोष दिन पाउनु हुन्न । त्यो कल्पना गर्नुहोस कि तपाईंको बिग्रेको कामको दोष कसैले भोग्दै छ के यो राम्रो हो ? एउटा उदहरणका रुपमा हेरौ -तपाईंले हजामसँग केश कटाउनु भयो र तपाईंको केश नराम्रो भयो । त्यसको दोषजती तपाईंले हजामलाई दिनु भयो किनभने हजाम केश काट्ने बेला मस्की मस्की तपाईंसँग गफ गर्दै थियो होईन ? ठीक छ, त्यसो भए तपाईं अरुलाई दोष दिन सक्नु हुन्छ । के हजामलाई दोष दिदैमा  तपाईंको कपालको स्टाईल परिवर्तन भयो त ?


    यस्तै गरेर  केस कटाउने बेलामा तपाईंलाई लागेको हुनसक्छ कि यो चलनचल्तिको कपालको स्टाईल हो भन्ने  र त्यो तपाईंले चाहेको केशको स्टाईल हुन सक्छ ।तर पछी यो मलाई सुहाएन भनेर सोच्नु भयो । के तपाईं यस्लाई सकारात्मक तरिकाले सोच्न सक्नु हुन्न ? तपाईंको केश काटिएको छ तर तपाईंको केशको स्टाईल मिलेको छैन जुन तपाईंको शरिरको अभिन्न अग हो । जुन तपाईं सजिलै स्विकार्न सक्नु हुन्छ जस्ले तपाईंलाई क्रोघित हुनु भन्दा भित्री रुपमा शस्क्त बनाउछ । यसबाट के निस्कर्शमा पुग्न सकिन्छ भने निर्णय गर्ने प्रकृयाबाट टाढा भागेर त्यसको   भिक्टिम हुनु भन्दा निर्णय प्रकृयामा सामेल हुँदा हामिलाई भित्री रुपमा सशक्त बनाउछ । अन्तमा अरुले गरेको निर्णयको सिकारले तपाईंलाई नामर्द बनाउछ भने तपाईंले गरेको प्रत्यक्ष निर्णयले तपाईंलाई सशक्तिकरणतिर लान्छ ।
                    यहाँ निर्णय लिने क्रममा आउने तनावलाई कम गर्ने चार वटा उपायहरु तल बर्णन गरिएका छन ।


                १.  भबिश्यमा हुने परिणामबारे अनुमान गर्न बन्द गर्नुहोस ।


        भबिश्यमा कुनै कामको परिणामबारे आकालन गर्नु र बर्तमानमा गर्ने कामबारे निर्णय लिनुमा आकास र जमिनबिचको फरक छ ।यसो भन्नुको अर्थ यो होईनकी सबै निर्णयको परिणाम सकारात्मक हुन्छ । हामी यो नकार्न सक्दैनौ कि हामिले गर्ने सबै निर्णयहरु  रिस्क फ्री हुन्छन । हामी वरिपरिका वस्तुहरु परिवर्तन हुन्छन्, मनिसहरु परिवर्तनसिल छन्, मनिसका बिचार इच्छा आकान्क्षाहरु पनि परिवर्तनसिल छन ।निर्णय गर्ने केहि आघार छन जस्तो तपाईंको ज्ञान, तपाईंको विस्वास  कुन दिशामा तपाईं जान चाहानुहुन्छ । भबिश्य त अनुमान गर्न सकिदैन त्य्सैले यस्लाई तपाईंको निर्णय गर्न रोक्नु नदिनुहोस ।


                   २ कुनै निर्णय लिनु भन्दा पहिले  त्यसबारे पुर्ण  जानकारी राख्नुहोस्, ।


गर्नुहोस्! चाहेको गर्नुहोस तर यसबारे वास्तविक हुनुहोस । उदहरणकोलागि तपाईं ३० दिनम। एउटा कार किन्न चाहनु हुन्छ तपाईंलाई कुन कार किन्ने भन्ने निर्णय  लिन ग्राहो भैराखेको छ अब ३० दिन भित्रमा बजारमा भएका कारहरुको मोडेल र मुल्यबारे खोज गर्नुहोस र तपाईंले किन्न सक्ने कार बारे ढुक्क हुनुहोस ।
               ३ याद राख्नु होस ढुगामा थोरै चिजहरुमात्रै कुदिएका हुन्छन ।


        सम्भवत तपाईं जिवनमा धेरै चिज प्राप्त गर्न चाहनु हुन्छ । तपाईं निर्णय गर्नुहोस कि यती धेरै चिज  बारे के गर्ने ? कसरी यि चिज गर्ने ? यो निर्णय  प्रकृयाको  बिस्लेशण्- पक्षघात को अवस्था हो ।तपाईंले एक काम गर्ने निर्णय लिनु भयो भने त्यस्को यो मतलव  होईनकी तपाईंले आरु काम सबै छोडी दिनु भयो । तपाईंले गरेको निर्णयलाई कार्यन्वयन गर्दै जानुहोस अनि बाकी चिजहरु बारेमा पनि सोच्दै राख्नुहोस जस्ले तपाईंलाई ति चिजहरु च।हेको समयमा प्राप्त गर्न सजिलो हुन्छ


            ४ तपाईंले सफलतापुर्वक गर्नु भएका निर्णय हरु सम्झिनुहोस । 


               सर्वप्रथम आफुलाई र आफ्नो बिचारलाई  मुल्याङकन गर्नुहोस जसले निर्णय गर्न सजिलो बनाउछ ।तपाईंको क्षमतामा बिश्वास गर्नुहोस र तपाईंको अन्तरआत्मालाई सत्य मान्नुहोस । तपाईंले गरेका निर्णयमा  तपाईंको लगनसिलता थियो त्यसबाट कृतज्ञ हुनुहोस । यो कुरा सही  हो    कि हरेक निर्णय  पुर्ण र सही नहुनसक्छ तर तपाईं त्यसबाट  सिक्न सक्नुहुन्छ र अपेक्षा गर्न सक्नुहुन्छ कि भबिश्यमा तपाईंबाट  राम्रो निर्णय होस जसले तपाईंलाई असल निर्णय लिन सक्षम बनाउने छ ।


Source:www.reallifecoach.com

No comments:

Post a Comment