Search This Blog

Saturday, October 1, 2011

फेसबूक


फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो― “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि..., सो सेक्सी..., क्यान यु गिभ मि योर फोन नं...।”

Sunday, September 25, 2011

निर्णय लिदा हुने तनाव कम गर्ने चार उपायहरु ।

 
                                   निर्णय लिनुको विकल्प के हो त ?


     हामी दैनिक कामहरुको शुरुवात गर्नु भन्दा पहिले कुनै न कुनै निर्णय प्रकृयाबाट गुजरिरहेका हुन् छौ । तर कुनै कुनै निर्णयलिने  
काम  त्यती सजिलो हुँदैन । जस्तै आफनै जिवनलाईनै परिवर्तन गर्ने खाले काम्, आफ्नो वरिपरिको  परिस्थिति परिवर्तन गर्ने खाले काम हुन या घरपरिवार वा आफ्न्तसँग जोडिएका कामहरु बारे निर्णय लिदा सार्है तनाव हुने गर्दछ जुन मानव जातिको स्वाभाविक प्रकृया भनेर बुझ्नुपर्छ । 


         त्यती मात्रै होईन कुनै कुनै बेला त अति समान्य लाग्ने कामहरु गर्ने निर्णय लिदा समेत तनाव उत्पन्न हुन थाल्छ । उदाहरणका लागि तपाईं कुनै साथीको   बिहेको  भोजमा जानु भयो र त्यहाँ  अनेकथरिका भोजनका ब्यन्जनहरु लिने तपाईंको पालो  आयो भने पक्कै पनि तपाईंमा तनाव शुरु हुन्छ, जुन धेरै मानिस हरुमा देख्न सकिन्छ । के यो समान्य कुरा होईन र ? माथिका विभिन्न उदाहरणबाट के निस्कर्समा पुग्न सकिन्छ भने कुनै काम गर्दा लिने निर्णयको बिकल्प नै तनाव हो ।